एमाले नुवाकोटको अध्यक्षमा पुन: मैनाली निर्वाचित (पूर्ण विवरणसहित)

डबली खबर     जेष्ठ २५ २०८१ १९:५८

social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी -एमाले) नुवाकोटको आठौं अधिवेशनबाट अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् ।

नुवाकोटमा पहिलोपटक भएको विद्युतीय मतदान मतदानबाट भएको ३३७ मत प्राप्त गरी मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी बुद्धिबहादुर प्रधानले २६० मत प्राप्त गरेको निर्वाचन मुख्य अधिकृत मोहनबहादुर खड्काले जानकारी दिए । अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत प्राप्त गरे ।

मतदाता ६१७ रहेकोमा ५९२ मत खसेको थियो । नेकपा एमालेको नयाँ कार्यसमितिको पदाधिकारी, सदस्य लगायत पालिकागत सदस्य तथा लेखा समितिको विभिन्न ३१ पदमा ८४ उम्मेदवार निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।

त्यस्तै, उपाध्यक्षमा राजेन्द्ररमण खनाल ३४७ मतका साथ निर्वाचित हुँदा सुदर्शन नेपाल २३५ मतमा रोकिए । सचिवमा शिवकुमार चित्रकार ३०६ मतका साथ निर्वाचित भएका छन् भने प्रतिस्पर्धामा रहेका निलकण्ठ आचार्यले २८६ मत प्राप्त गरे ।

उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएको छ ।

निर्वाचित पदाधिकारी सबै बद्री मैनाली प्यानलका हुन् भने सदस्य पनि अधिकांश मैनाली प्यानलका निर्वाचित भएका छन् ।

नतिजाकाे नामावली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top