sujim advert

नेकपा एमालेको अध्यक्षमा तीन उम्मेदवार

डबली खबर     जेष्ठ २४, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

बट्टार – नेकपा एमालेको नुवाकोटको अधिवेशनको प्रारम्भिक नामावली प्रकाशन भएको छ । अध्यक्ष पदमा तीन उम्मेदवारले नाम दर्ता गरेका छन् ।

अध्यक्षमा बद्री मैनाली, बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा सुदर्शन नेपाल र राजेन्द्ररमण खनाल रहेका छन् ।

सचिवमा निलकण्ठ आचार्य र शिवकुमार चित्रकारले उम्मेदवारी दर्ता गरेका छन् । उपसचिवमा रमेशबहादुर वस्ती, वीरबल तामाङ र राजेन्द्रप्रकाश पाण्डे छन् ।

यस्तै महिला उपसचिवमा पार्वती प्याकुरेल, मंगलमाया प्रजापति र रुपा सापकोटाले उम्मेदवारी गरेका छन् ।

निर्वाचन समितिले आज साँझ ६ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने निर्वाचन मुख्य अधिकृत मोहनबहादुर खड्काले जानकारी दिए ।

नुवाकोटमा पहिलोपटक विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको हो । अधिवेशनमा ६१२ मतदाता रहेका छन् । निर्वाचनले ११२ उम्मेदवार चयन गर्नेछ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top