Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

गन्धर्व सांस्कृतिक अभियान नुवाकोटमा

डबली खबर     जेष्ठ २३, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – बृहत गन्धर्व सांस्कृतिक अभियान अन्तर्गतको कार्यक्रम आज बुधबार नुवाकोटको विदुर नगरपालिका आईपुगेको छ ।

पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान सामाज पथरियाको पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मको यात्राले विदुर नगरपालिकाको कार्यपालिकाको सभाहलमा मनोरञ्जन दिलाएका छन् ।

अभियानका सदस्यहरुलाई विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले स्वागत गरेकी छिन् ।

प्रख्यात सारङ्गीबादकहरू लालबहादुर गन्धर्व, श्यामकुमार गन्धर्व, अशोक गन्धर्व, सुरज गन्धर्व र रविन गन्धर्वको टोलीले नेपाली मौलिकबाजा सारङ्गीको तालमा उपप्रमुख बोगटी, ३ नम्बरका वडा अध्यक्ष बद्री रिमाल, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, कर्मचारीहरु लगायतलाई नचाएका छन् ।

बृहत गन्धर्व सांस्कृतिक अभियानले गन्धर्व जीविकोपार्जनमा सहयोग पुग्ने रविन गन्धर्वले बताए । लोपुन्मुख गन्धर्व समुदायलाई हेरिने नजर परिवर्तन गर्नुपर्ने उनले बताए । मौलिक बाजाको संरक्षणमा लागेको गन्धर्व समुदायलाई सम्मानको दृष्टिले हेर्नुपर्ने बताए ।

विदुर नगरले अभियानलाइ आर्थिक सहयोग गरेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top