घाटबगर – नेकपा एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ ।
लिखु गाउँपालिकाको ढिकुरेस्थित घाटबगरमा भएको अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उद्घाटन गरेका छन् ।
आज जेठ २२ देखि सुरु भएको अधिवेशनको तीन दिनको अधिवेशनको बन्दसत्र २४ गते बट्टारमा गरिने पार्टीका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।
अधिवेशनको तयारीका लागि विभिन्न १५ उपसिमिति गठन गरिएको छ ।
अधिवेशन निर्वाचनको लागि यसपटक भोटिङ उपकरण प्रयोग गरिने ज जनाएको छ ।
अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १०५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया