प्रमिलाको ‘बहुरानी’ सार्वजनिक

डबली खबर     जेष्ठ २१ २०८१ १६:१२

bahuraini song treaser
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ ।

यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ  ।

समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार बस्नेतले बताइन् । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्नु पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप ‘बहुरानी’ निर्माण गरिएको छ ।

अनु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोलाई अत्यन्तै  आकर्षक ढंगबाट खिचिएको छ ।

धेरै कोरोस डान्सरहरुको साथमा कलाकारहरु रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु  दिपक भुर्तेल आदिको अभिनय छ ।

बुद्ध थापाको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई केशव भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top