sujim bazar dashain tihar bumper offer

तारकेश्वर अध्यक्षलाई मनोमानीको आरोप

डबली खबर     जेष्ठ १८, २०८१

sizen education study in Japan
ananda Jewellery shop

tarakeshwor rural municipality three ward chairperson in press meet
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – तारकेश्वर गाउँपालिकाका तीन वडाध्यक्षहरूले गाउँपालिका अध्यक्ष शिवप्रसाद अधिकारीले एकल निर्णयको भन्दै विदुर नगरपालिकाको बट्टारमा पत्रकार सम्मेलन गरेको छ । बिहिबार पालिकाभन्दा बाहिर बट्टारमा पत्रकार सम्मेलन गरी वडाध्यक्षहरूले आरोप समेत लगाएका हुन् ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालको उपस्थित रहेको पत्रकार सम्मेलनमा तारकेश्वर गाउँपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालले पालिका अध्यक्षले कार्यपालिकामा निर्णय गरेर संघमा योजना नपठाउँदा संघीय विशेष र समपुरक योजनाहरु तारकेश्वरले नपाउने अनुमान लगाए । उनले आर्थिक मन्दीको अवस्थामा आमअभिभावक र विद्यार्थीलाई जातीय पोशाकले आर्थिकभार थुपारेको बताए । निरङ्कुश शैलीमा जातीय पोशाकको कार्यान्वयन गराउनुपर्ने पालिका अध्यक्षको एकल निर्णय मान्य नहुने उनले बताए ।

गाउँपालिकाकाले आफ्नो गाउँपालिकाभित्रका विद्यालयमा हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोशाक लगाउनुपर्ने प्रावधानलाई कार्यान्वयनमा ल्याएको थियो ।

यस्तै, कार्यक्रममा तारकेश्वर गापा-४ का अध्यक्ष हरिबहादुर पौडेलले गाउँपालिका अध्यक्षको एकाधिकार शैलीले तारकेश्वरका सबैले निकै दु:ख पाएको आरोप लगाए ।

पालिका अध्यक्ष अधिकारीले माग गरेको स्पष्टीकरण २ नम्बरका वडा अध्यक्ष शिव पनेरुद्वारा अस्वीकार गरेका छन् । मौखिक र लिखितरूपमा गाउँपालिका अध्यक्षले स्पष्टीकरण माग गर्नु कानुन बिपरित रहेको उनले बताए ।

उनलाई जेठ ८ र १४ गते शिक्षा समितिको निर्णयको विरूद्ध विद्यालयमा जातिय पोशाक लगाउन रोक लगाएको गुनासो आएको हुदाँ कारण खुलाई पालिका अध्यक्षले स्पष्टीकरण माग गरेको थियो ।

यस्तै, नेकपा माओवादी केन्द्र तारकेश्वरका अध्यक्ष सोमबहादुर तामाङले अध्यक्षको स्वनिर्णयले गर्दा तारकेश्वरको शिक्षा तहसनहस भएको आरोप लगाए ।

गत फागुन १४ मा बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो । सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीहरुले साताको बुधबार आ–आफ्नो पोशाकमा सजिएर पढ्न र पढाउन सुरु गरिएको पालिकाले जनाएको छ ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top