sujim advert

विद्यालयमा बुधबार मौलिक पहिचानको पोशाक

डबली खबर     जेष्ठ १४, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

tarakeshwar rural municipality nuwakot culture dress in school
bidur tax consultancy services in nuwakot

नुवाकोट – तारकेश्वर गाउँपालिकाकाले विद्यालयमा हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोसाक लगाउनुपर्ने प्रावधानलाई कार्यान्वयनमा ल्याएको छ ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले हरेक हप्ताकाे बुधबार आ-आफ्नो जातीय पहिचान अनुसारको पोसाक लगाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार सम्पूर्ण जातजातिको पहिचान र संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले अभियानका रुपमा परम्परागत जातीय पोसाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोसाक अनिवार्य गरिएको छ ।

“जातीय पहिचानमा सजिएर विद्यालय जान पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका छन्,” अध्यक्ष अधिकारीले भने, “मौलिक पोसाक लगाउन पाएसँगै विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।”

गत फागुन १४ मा बसेको गाउँपालिका शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो ।

सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीहरुले साताको बुधबार आ–आफ्नो पोसाकमा सजिएर पढ्न र पढाउन सुरु गरिएको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top