sujim advert

जीतु र नीतिले सुरु गरे ‘ज्वाइँ साब’को छायांकन

डबली खबर     जेष्ठ १८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

niti shah and jitu nepal movie jwoin sab
bidur tax consultancy services in nuwakot

काठमाडाैं – समसामयिक कथामा निर्माण गर्न लागिएको चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु भएको छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको छायाँकन चित्लाङमा २० दिनको राखिएको छ । त्यसपछि बाँकी छायाङ्कनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

चलचित्रमा हास्य जीतु नेपाल र नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले शाहको यो दोस्रो फिल्म हो ।

चलचित्रमा रमेश बुढाथोकी, प्रकाश घिमिरे, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डेलगायतको अभिनय रहनेछ ।

निर्देशक बसन्त निरौलाको निर्देशन रहने चलचित्रमा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायाँकार श्याम तामाङ हुन् ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा सम्वाद लेखन छ ।

चलचित्रलाई यस वर्षको तिहारमा रिलिज गरिँदैछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top