World Tuberculosis Day 2025
sujim advert

लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन

डबली खबर     जेष्ठ १५, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bagamati province flim industry heatunda
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

हेटाैंडा – सञ्चार रजिष्ट्रारको कार्यालयले सञ्चालन गरेको चलचित्र पटकथा लेखन कार्यशालामा सम्पन्न भएकाे छ ।

बागमती प्रदेशसभामा बहुसंस्कृति नेपालको पहिचान, मौलिक चलचित्रलाई हाम्रो प्रोत्साहन भन्ने नारासहितको मौलिक चलचित्र प्रवर्धन सहयोग कार्यक्रम ल्याएकाे हाे । साेहिबमोजिम पुरुषोत्तम बस्नेतद्वारा लिखित तथा निर्देशित लघु चलचित्र घटेरो, श्रीधर न्यौपानेद्वारा लिखित तथा निर्देशित लघु चलचित्र फाइट फर आइडिन्टीटी, कृष्णप्रसाद धितालद्वारा लिखित तथा निर्देशित लघु चलचित्र एप्रोन र अमृत श्रेष्ठ (गृष्म)द्वारा लिखित तथा निर्देशित लघु चलचित्र आकाश, सिर्जना दुवालद्वारा लिखित तथा निर्देशित वृत्तचित्र बाफाचा सोमबार साँझ हेटौडाको नारायणी मलस्थित चलचित्र घरमा लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएकाे थियाे ।

प्रोत्साहनवृत्ति प्राप्त गर्ने निरञ्जनराज भेटवालद्वारा लिखित तथा निर्देशित लघु चलचित्र साक्षी रुख, कुमार तामाङद्वारा लिखित तथा निर्देशित बृत्तचित्र लुकेको स्वर्ग र शिव पुरीद्वारा लिखित तथा निर्देशित वृत्तचित्र काठमाडौं उपत्यकाको सम्पदा प्रदर्शन गरिएको छ ।

मौलिक चलचित्र प्रबद्र्धन गर्ने बागमती प्रदेश सरकारको नीति अनुरुप ती चलचित्र प्रदर्शन गरिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने नीति अनुरुप बागमती प्रदेश सरकारले सिर्जना र कलाको क्षेत्रमा कार्य गरेकाे बताए ।

चलचित्र तथा वृत्तचित्रका लेखक तथा निर्देशकहरुलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठबाट दोसल्ला तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।

सीप तथा क्षमता विकास कार्यक्रमबाट तयार गरिएका लघु चलचित्र र वृत्त चित्रले बागमती प्रदेशको संस्कृति र पर्यटन प्रबद्र्धन गर्न योगदान गर्ने विश्वास छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top