प्रतिक चिन्ह सार्वजनिक

डबली खबर     जेष्ठ १५ २०८१ १३:१६

cpnuml nuwakot eighth convention logo released in bidur
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटले आठौं अधिवेशनको प्रतिक (लोगो) चिन्ह सार्वजनिक गरेको छ ।

मंगलबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले नेता केशवराज पाण्डे र पार्टीका जिल्ला कमिटी प्रमुख बद्री मैनालीले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेता पाण्डेले सहमतिका साथ अधिवेशन गर्न पहल गर्ने बताए । नभए अधिवेशनमार्फत् नेत्वृत चयन गरिने बताए ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष मैनालीले आठौं अधिवेशनले मजबुद पार्टी निर्माण गर्ने र समग्र नुवाकोटका जनताको हक हितका कार्य गर्ने बताए ।

समग्र नुवाकोटको झल्कने प्रतिकमा नुवाकोट दरबार, दुप्चेश्वर महादेव, कृषि र नेपालको झण्डा अङ्कित रहेको पार्टी उपसचिव निलकण्ठ आचार्यले जानकारी दिए ।

नेकपा एमाले नुवकोटको जिल्ला अधिवेशन यहि जेठ २२ गते लिखु गाउँपालिकाको ढिकुरे बजारमा हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top