विदुर – नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बागमती प्रदेशस्तरीय सुरक्षा दुई दिवसीय गोष्ठी शुरू भएको छ ।
मकवानपुरको हेटौंडामा मंगलबार आयोजित समारोहबीच गोष्ठीको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गरेका हुन् ।
गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले गोष्ठीको उद्देश्यबारे जानकारी दिए ।
गोष्ठीमा प्रदेश अन्तर्गतका ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आआफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रमलगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी बिष्णु राउतलगायतको सहभागिता रहेको गोष्ठी भोलि बुधबार सम्पन्न हुने छ ।
प्रतिक्रिया