sujim advert

सात बुँदे मागसहित पत्रकार महासङ्घ बागमतीको साधारणसभा सम्पन्न

डबली खबर     १२ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – सात बुँदे मागको घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको चौथौं साधारणसभा सम्पन्न भएको छ ।

सोमबार विदुरमा भएको महासङ्घ प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको साधारणसभाको नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक र चितवन शाखाले संस्थागत विकास, पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरुको हित प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले महासङ्घ प्रशंसा गरेको छ ।

महासङ्घले पत्रकारहरूमाथि धम्की तथा भौतिक आक्रमणका घटना बढेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाइ पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । यस्तै, पत्रकारहरूलाइ सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति निर्माण तथा परिमार्जन गर्न सरकारसँग माग गरेको छ । विज्ञापन स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्याममा प्रकाशन गर्न मिल्ने व्यवस्थासहित अन्य चार माग गरेको छ ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिकाे घाेषणापत्र
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top