गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘भन्दिन तिमीलाई म …’ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।
चक्रपाणी तिमल्सिनाको शब्द रहेको उक्त गीतमा तिमल्सीना आफैले संगीत भरेका हुन् ।
संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् ।
अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती, संगितकार तिमल्सिना र डिल्लि पोखरेलले अभिनय गरेकाे छ ।
म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
प्रतिक्रिया