sujim advert

ग्लोबल आइएमईले बडीमालिकामा कर्जा सहजीकरण गर्ने

डबली खबर     बैशाख २६, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Global IME Bank and Badimalika Municipality contracted for entrepreneur loan
bidur tax consultancy services in nuwakot

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्धन गर्न नगरपालिकाका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ ।

उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशिलतामार्फत् आत्मनिर्भर र स्वरोजगार प्रवर्धन हुने विश्वास बैंकले लिएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top