विदुर – नुवाकोट मदन-आश्रित स्मृति प्रतिष्ठानले जिल्लास्तरमा विद्यालयतह निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले ३०औं मदन–आश्रित स्मृति दिवसको अवसरमा ‘प्रदुषण नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता यहि वैशाख २९ गते आयोजना गर्न लागिएको प्रतिष्ठानका महासचिव नवराज अधिकारीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने सकिने उनले जानकारी दिए ।
प्रतियोगिताको लागि वैशाख २७ गतेभित्र विद्यार्थीले आफ्नो परिचयसहित विद्यालयको नाम टिपाउनुपर्ने छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाएको छ ।
निबन्ध लेखनको समय एक घण्टा हुनेछ ।
प्रतियोगिता मदन-आश्रित स्मृति पुस्तकालय बट्टार हावाघरमा हुनेछ ।
प्रतिक्रिया