+
Search

ताजा अपडेट +

पपुलर +

सरकार राष्ट्रिय ‘एआइ’ नीति बनाउँदै

nepal information and technology ministry office
डबली खबर
१ साल अगाडी

नुवाकोट – सरकारले राष्ट्रिय कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स – एआइ) नीति ल्याउने भएको छ ।

वैशाख २० गते राष्ट्रिय आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले राष्ट्रिय एआई नीति तर्जुमा गर्ने क्रममा रहेको जानकारी दिएका थिए । एआइको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्रिय एआइ नीति तर्जुमा गर्ने क्रममा रहेको उनले बताए । 

कार्यक्रममा उनले सूचना प्रविधिको क्षेत्रमा प्रशस्तै सम्भावना रहेकाले आगामी कार्यक्रम डिजिटल रूपान्तरणमा केन्द्रित हुने बताए ।

यस युरोप, अमेरिका, चीन, भारत, ब्राजिल, इजरायल, इटाली, जापानी, युएइ लगायतका देशले पनि एआइलाई नियमन गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ