sujim advert

सुन्दरको मौसमी ‘तरबुजा’

सुनील श्रेष्ठ     बैशाख २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

sundar nepal fruit tarabuja field in nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – बीस रोपनी सुख्खा जग्गामा व्यावसायिक रुपमा खेती गर्दै छन् ‘सुन्दर नेपाल’ । महिला साना किसान सहकारीबाट इजरायलमा गएर सिकेका कृषि सीपलाई नेपालले विदुर नगरपालिका–६ बुनीबेंसीमा व्यवसायिक खेति गर्दै आईरहेका छन् । उनले तरबुजा, सयपत्री, अकबरे खुर्सानी, करेला र भेंडेखुर्सानी खेती लगाएका छन् ।

पाँच वर्ष इजरायलमा कृषिसम्बन्धी तालिम लिएका बेलकोटगढी नगरपालिका-५ का स्थायी घर भएका उनले पहाडी क्षेत्र भएतापनि अफ्रिकाको रैथाने बाली तरबुजा तातो हावापानीमा उत्पादन राम्रो, गुणस्तरीय र स्वादिलो हुने बताए । तरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन् ।

तरबुजा फल क्यारोटिनॉयड र भिटामिन ‘ए’ जस्ता तत्वहरु पाईन्छ । यसमा पाईने ‘फाइबर’ले पाचनशक्तिको विकास गर्न मद्दत पुर्याउछ। तरबुजाको सेवन गर्नाले मोटोपन, मुटुरोग र अन्य थुप्रै मृत्युजन्य रोगहरुका लागि लाभदायक मानिन्छ । हाल नेपाल सरस्वती, लक्ष्मी, किरण, सुगर कुईन लगायतका प्रजातीहरु लोकप्रिय छन् ।

“कुरिलो, तरबुजाको सख्खरखण्डको कृषिउपजको तालिम लिए”, उनले भने “तरबुजा खेतीमा कम मानवस्रोतले पुग्ने, काम गर्न सजिलो र नेपालमा धेरै व्यवसायिक रुपमा तरबुजा खेती नगरेको तर माग स्थानीय बजार अत्याधिक देखियो ।”

तेस्रो बालीको रुपमा खेती गर्दै आएका नेपालले मौसमी तरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताए । आफूले उत्पादन गरेको तरबुजा बिक्रीमा कुनै समस्या नभएको उनले बताए। स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ। 

“अहिले करिब १५ हजार किलो तरबुजा उत्पादन प्रक्षेपण छ । प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्दा कुल चार लाख ५० हजार आम्दानी हुन्छ । आफै पनि बजार पुगेर बिक्रि गर्दा राम्रै आम्दानी हुन्छ । व्यापारीलाई दिँदा मूल्य अलि कम पाउने हुन्छ । प्रतिरोपनी ४० हजार रुपैयाँ बराबरको आम्दानी गर्न सकिने छ ।”

खेतीमा प्रविधिको प्रयोग हुदाँ सहज छ । पानीको लागि थोपा सिँचाई, मल्चिङ प्रविधि प्रयोग गरिएको उनले बताए । तरबुजा खेतीमा अरु खेतीमा जस्तै गोडमेल, थाक्रा दिनुपर्ने, डोरी राख्नुपर्ने, लहरा लगाई राख्नुपर्ने लगायतका कार्य गर्नु पर्दैन ।

कम मानवस्रोत लागेतापनि मल भने मात्रा मिलाएर राख्नुपर्ने हुन्छ ।

छिटो समयमा उत्पादन हुने र राम्रो आम्दानी दिने भएका कारण पछिल्लो समयमा नेपालमा तरबुजा खेती फस्टाएको देखिन्छ । उचित मल जलको ब्यवस्थापन र समयमै किरा र रोगको नियन्त्रण गर्ने हो भने खेती निकै लाभदायक रहनेछ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top