२०८१, ३ जेष्ठ बिहीबार

एलिट र रिलायन्सबीच सम्झौता

डबली खबर     बैशाख २० २०८१ १७:४१

elite capital and reliance finance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहकसेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तिय सेवा र पुँजी बजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेको जनाएको छ ।

दुवै संस्थाबीच भएको सम्झौतामा एलिटका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार रिलायन्सका देशभर रहेका २२ वटा शाखाहरुमार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिने एलिटका कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिए ।

यसबाहेक लगानीकर्ताहरुलाई सेयर कारोवार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलब्ध गराईने भएको छ । साथै, रिलायन्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ ।

एलिटले १ हजार ९९९ रुपैंयामा एकपटक खोलेपछि आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने योजना ल्याएको छ भने ९९९ रुपैंयामा १० बर्षसम्म नविकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ ।

यस्तै रिलायन्सका खातावालहरुका लागि एलिटले ‘पोर्टफोलियो मेनेजमेन्ट’ सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ‘ब्रोकर’को खाताका लागि ग्राहकहरुबाट धेरै अनुरोध आएकाले सहजिकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top