२०८१, १० जेष्ठ बिहीबार

दुई करोडको इलाका प्रहरीको भवन उद्घाटन

डबली खबर     बैशाख २० २०८१ २०:४४

ganganarayan shrestha finance minister of bagamati province nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

घलेभञ्जाङ – नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

बिहिबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले इलाका प्रहरीको भवन उद्घाटन गरेका हुन् ।

मन्त्री श्रेष्ठले प्रहरीलाई सूचनामैत्री बनाउँदै लैजाने बताए । विपदको लागि आवश्यक सामग्री खरिद प्रक्रिया कार्ययोजना अघि बढेको समेत जानकारी दिए ।

बागमती प्रदेश सरकारको दुई करोड दुई लाख ६९ हजार ५८० रुपैयाँ आर्थिक सहयोगमा इलाका प्रहरीको कार्यालय तथा भान्छाघरको निर्माण भएको प्रहरी नायव उपरीक्षक इन्जिनियर शम्भुप्रसाद कोईरीले जानकारी दिए ।

कार्यक्रममा जग्गा उपलब्ध गराउने स्थानीय दाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top