sujim bazar advert

पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

डबली खबर     बैशाख १९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

12th assembly program of fnj nuwakot 2081
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर- नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा श्रमजीवी पत्रकार, आचारसंहिता, शुद्धीकरण, सञ्चारमाध्यामको संरक्षणलगायतका विषयमा छलफल समेत भएको छ ।

आज बुधबार विदुरमा भएको महासङ्घको १२औं साधारणसभामा पूर्वमन्त्री एवं सांसद बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । पूर्वमन्त्री लामाले पत्रकार राजनीतिबाट टाढै हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकार प्रतिशोधको भावनामा नभई खोजमुलक पत्रकारिता गर्नुपर्ने भनाइ राखे । सत्य, तथ्य र अनुसन्धानमा आधारित समाचारहरू तथा सूचनाहरू सम्प्रेषण गर्नसमेत सञ्चारकर्मीलाई सुझाएका थिए ।

सांसद रमेशकुमार महतले स्थानीय सरकारले गरेका गतिविधिलाई नियाल्दै खोजमुलकको साथै विकास पत्रकारिता गर्नुपर्ने बताए । स्थानीय सञ्चारमाध्यमले स्थानीयका मुद्दामा उठान गर्नुपर्ने भनाइ राखे । नेपाली काङ्ग्रेस नुवाकोटका उपसभापति राजु थापाले प्रजातान्त्रिक पद्दतिको अनुसरण गर्दै बहिष्कार नगरी वादविवाद र संवादबाट निचोडमा जानुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेलले आफ्नो पार्टी निकट पत्रकार सङ्गठनले अधिवेशनमा सहभागि नगराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले अहिलेको समयमा पत्रकार प्रविधिमैत्री हुदैं आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को ज्ञान हुनुपर्ने बताए ।

यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले पत्रकार महासङ्घ नुवाकोटको भवनलाई चलायमान गर्न सूचना केन्द्र स्थापना गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा पत्रकार देवचन्द्र भट्ट, भोलाराज पौडेल, किरण अधिकारी, श्रीराम नेपाल, रामहरी गजुरेल, नमराज सुवेदीलगायतले मर्यादित, विश्वासिलो र जिम्मेवार पत्रकारिता गर्नुपर्ने, जनमुखी पत्रकारिता गर्नु आवश्यक रहेको र पत्रकारिता क्षेत्रमा देखिएका विकृतिको पनि सुधार गर्दै जानुपर्ने सुझाव व्यक्त गरे ।

साधारणसभाले केन्द्रीय पत्रकार महासङ्घको परिपत्रअनुसारनै निर्वाचनको मिति तय गर्ने महासङ्घका कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top