sujim advert

प्रभावकारी भएन ‘नागरिक बडापत्र’

सुनील श्रेष्ठ     बैशाख २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Citizen Charter at District Administration Office Nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट जिल्लाका सरकारी, सार्वजनिक एवम् स्थानीय तहको कार्यालयमै नागरिक वडापत्रको प्रभावकारी देखिएको देखिदैन ।

जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरमा रहेको नागरिक वडापत्रको हालत भने उस्तै देखिन्छ । वडापत्र नाजुक अवस्था छ । ‘फ्लेक्स’ मा राखिएको ब्यानरपत्र च्यातिएको छ । सेवा प्रापकको पहुँचमा छैन । न कार्यालयलाई त्यसप्रति चासो छ न त सेवा प्रापकलाई नै?

मिनी गार्डेनमा आयतित दुबोलाई स्याहार्न टाँगिएको डोरीले नागरिक वडापत्र नियाल्न जान कठिन छ भने दश मिटर परैबाट हेर्नुपर्ने बाध्यात्मक छ । करिब २० फिटको लम्बाई र १० फिटको उचाईमा तयार गरिएको वडापत्र सानोसानो अक्षरमा लेखिएकोले सेवा प्रापकले पढ्न र बुझ्न त परको कुरा ।

यो एउटा नमूना मात्र हो । जिल्ला समन्वय समितिमा राखिएको बडापत्र भने उस्तै छ । स्थानीय तहको कार्यपालिका र वडा कार्यालयले राखेको बडापत्र पनि त्यति प्रभावकारी देखिदैन । न सेवाग्राही न सेवाप्रदायकलाईनै चासो छ । सानो अक्षर र दुर अवलोकनले झनै असहज छ बडापत्रको पहुँचमा ।

सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक सरकारी कार्यालयले त्यस्तो कार्यालयको परिसरभित्र सबैले देख्ने उपयुक्त ठाउँमा नागरिक बडापत्र राख्नु पर्ने सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ मा नागरिक वडापत्रबारे व्यवस्था छ ।

आधुनिक विधि र प्रविधिको प्रयोग गरी सरकारी कामलाई स्वचालित बनाउने, प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन, मूल्यांकन गरी दण्ड पुरस्कारको उचित व्यवस्था गर्न जरुरी देखिन्छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top