Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

रजत वर्षमा ‘त्रिशूली प्रवाह’, ११६० अङ्क प्रकाशन

सुनील श्रेष्ठ     बैशाख ६, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – ‘त्रिशूली प्रवाह’ साप्ताहिक आजदेखि रजत वर्षमा प्रवेश गरेको छ । चौबीस वर्षअघि ०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशनमा आएको पत्रिकाले आज आफ्नो वार्षिकोत्सव मनाएको छ ।

25th anniversary of trishuli prawaha weekly newspaper

विदुरमा आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रियसभाकी उपाध्यक्ष बिमला घिमिरेले साप्ताहिकको विशेषाङ्क विमोचन गरिन् । उनले पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको र यसले समाजको वास्तविकतालाई उजागर गर्दै समाज परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रजत वर्षको अवसरमा शुभकामना दिएकी छिन् । उनले पालिका र प्रदेशको जानकारीलाई नागरिकलाई सूचित गर्ने नीति कार्यान्वयनमा रहेको जानकारी दिईन् । स्थानीय तहका जनप्रतिनिधिलाई दीगो विकासको लक्ष्यलाई हासिलको लागि कटिबद्ध भएर कार्य गर्न अनुरोध दिईन् । बजेटको जानकारी र नियमनको लागि आमसञ्चार माध्यमले पहेदारी गर्नुपर्ने बताईन् ।

पत्रिकाले दसैं-तिहार, भूकम्प र कोभिड-१९ कालखण्डमा बाहेक निरन्तर पत्रिका प्रकाशन गर्दै आईरहेको प्रकाशन शरणउत्सुक सापकोटाले जानकारी दिए । पत्रिकाले २४ वर्षे यात्रामा विभिन्न घटनाक्रमलाई आधिकारिक दस्तावेजको रुपमा जिवित पस्कँदै आएको उनले बताए ।

‘त्रिशूली प्रवाह’ नुवाकोटमा पत्रकारिताको पाठशालाको रुपमा स्थापित छ । पत्रिकाले तीन दर्जनभन्दा बढी पत्रकार, सञ्चारकर्मी र व्यवसायी उत्पादन गरिसकेको छ ।

प्रेस काउन्सिल नेपालद्वारा ‘क’ वर्गमा सुचिकृत रहेको पत्रिकाको ‘तेस्रो आँखा’ र ‘हाम्रा कुरा’ स्तम्भ चर्चित छ ।

पाँच रुपैयाँदेखि सुरु भएको पत्रिका मुल्य अहिले आठ पृष्ठको १० रुपैयाँमा छ ।

साप्ताहिक रुपमा अनलाईनमार्फत समाचार सम्प्रेषण पनि गर्दै आईरहेको पत्रिका नुवाकोट, रसुवा, धादिङ, काठमाडौंलगायतका जिल्लामा बिक्रि वितरण हुन्छ ।

त्रिशूली प्रवाहको ‘तेस्रो आँखा’
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top