२०८१, १७ बैशाख सोमबार

सामाजिक विषयमा अनुत्तिर्ण बढी

सुनील श्रेष्ठ     चैत्र २८ २०८० १९:३५

bidur municipality published class eight result
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाले पहिलोपटक लिएको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा ३९.३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको छ । अन्य बाँकी प्रतिशतमा अनुत्तिर्ण भएका छन् भने उत्तिर्ण सङ्ख्या ४५२ जना रहेको जनाएको छ । २०७४ सालदेखि स्थानीय निकाय सञ्चालन भएतापनि नगरले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यस शैक्षिक वर्षदेखि सुरु गरेको हो ।

पालिकास्तरीय परीक्षामा सामुदायिक २८ र निजी १९ विद्यालयका एक हजार १४९ विद्यार्थीले सहभागिता जनाएको नगरपालिकाका निमित्त शिक्षा प्रमुख नवराज सापकोटाले जानकारी दिए । जसमा सामुदायिकतर्फ ७८५ र निजी ३६४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

धेरै मात्रामा विद्यार्थी अनुत्तीर्ण हुनुमा उनले भने “नगरको पहिलो अभ्यास, परीक्षा केन्द्र तोकिनु, कोरोनाकालमा विद्यार्थी ग्रेडवृद्धि, लगायतका विषयले परीक्षाफलमा असर गरेको हो । केहि विद्यालयको उत्तीर्ण अवस्था शून्य पनि छ । नगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा छलफल गरिने छ ।”

“परीक्षामा सबैभन्दा सामाजिक र गणित विषयमा अनुत्तीर्ण रहेको छ” उनले भने “समग्र परीक्षामा सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा आएको छैन”, उनले भने “निजीका दुई विद्यालयहरु जालपादेवी बोर्डिङ स्कुल र नेशनल बेथल एकेडेमीले शतप्रतिशत नतिजा ल्याएको छ ।”

नेपाली (देवनागरी)मा प्रश्न भएर धेरै निजि विद्यालयका विद्यार्थीहरु अनुत्तीर्ण भएको निजी विद्यालयका एक प्रधानाध्यापकले भने “त्यहि प्रश्न अंग्रेजीमा भएको भए विद्यार्थीले सहजरुपमा परीक्षा दिन्थे । उत्तीर्ण पनि हुन्थे । “

गत परीक्षा चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षा ११ केन्द्र तोकिएको थियो । ग्रेडवृद्धि प्रणालीमा परीक्षा तयार गरिएको थियो भने केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तोकेको थियो ।

परीक्षाफल चित्त नबुझे दुई विषयसम्मको लागि नतिजा प्रकाशन भएको मितिले एक हप्तासम्म विद्यार्थी स्वयंले पुनःयोग गर्न पाउने छ । विद्यालयको सिफारिस पत्रसहित २०० रुपैंयाँ दस्तुर तिरी पुन:योग गर्न सकिने छ । ग्रेडवृद्धिको परीक्षा २०८१ वैशाख ६ गतेदेखि ७ गतेसम्म परीक्षा हुने नगरपालिकाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top