२०८१, १७ बैशाख सोमबार

विदुरका सात सहकारी सम्मानित

डबली खबर     चैत्र २० २०८० १७:५१


bidur municipality rewarded seven coperative on 67th cooperative day
सम्मानित सहकारी संस्थाका प्रतिनिधिको साथमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ | तस्विर: सुनील श्रेष्ठ

नुवाकोट – विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सात सहकारीलाई सम्मान दिएको छ । चालुआर्थिक वर्षमा नियामकीय सुशासन पुरा गरेका नगरपालिका वडा नम्बर ४, ५, ७, ९, १० र १३ का सहकारी संस्थालाई सहकारी दिवसको अवसर सम्मान दिएको नगर सहकारी शाखा प्रमुख नानीमैया नेपालले जानकारी दिईन् ।

६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विदुरमा आयोजित कार्यक्रममा शाखा प्रमुख नेपालले साधारणसभा, लेखापरीक्षण कार्यसम्पादन, कोपोमिस विवरण प्रविष्ट, व्यवसाय, सूचीकरण, सदस्य सेवा र कृषि उपज उत्पादन र बजारीकरणलगायतका मापदण्डअनुसार कृषि, बचत तथा ऋण र बहुउद्धेशीय सहकारी संस्थालाई सम्मान दिएको जानकारी दिए । कृषि र बचत तथा ऋणका ३/३ सहकारी र एक बहुउद्धेशीय सहकारी गरी कुल सात सहकारी सम्मान दिएको हो ।

सम्मानित हुनेमा कृषितर्फ मिलन महिला, अक्कलादेवी र निर्माण कृषि सहकारी रहेका छन् । बचत तथा ऋण सहकारीतर्फ उत्तरगया, रुपिनदेवी र काफलगेडी बचत तथा ऋण सहकारी सँस्ठा लिमिटेड रहेका छन् । यसैगरी सक्षम बहुउद्धेशीय सहकारी संस्था लिमिटेडले पनि सम्मान पाएको छ ।

रुपिनदेवी सहकारी प्रदेशमा दर्ता रहेको छ भने अन्य सम्मानित सहकारी नगरपालिकामा दर्ता भइ कारोबार गर्दै आईरहेको छ ।

सम्मानित सहकारी संस्थालाई नगरप्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी शान्तिराज प्रसाईं र जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संयुक्तरुपमा खादा लगाई सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, समन्वय अधिकारी प्रसाईं र सहकारी सङ्घका अध्यक्ष न्यौपानेले सहकारीको मर्म, स्वअनुशासन, सहकार्यलगायतका विषयमा भनाइ राखेका थिए ।

यस्तै, कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, ११ नम्बर वडाका अध्यक्ष बाबुराम तामाङ, जिल्ला सहकारी सङ्घ नुवाकोटका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठ, विदुर नगरपालिका नगर सहकारी समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधानलगायतले वर्तमान सहकारीहरुको समस्या र चुनौती, नीतिगत कार्यान्वयन पक्ष, सहकारी अनुदान, स्थानीय तहको अवनत्वलगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।

तथ्यांकअनुसार विदुर नगरपालिकामा कुल ११५ सहकारीहरु सञ्चालनमा रहेका छन् । चालुआर्थिक वर्षमा बट्टार सहकारीले सबैभन्दा बढी १५ हजार रुपैयाँ कर तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top