+
Search

ताजा अपडेट +

पपुलर +

शहिद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्था बन्यो जिल्लाकै उत्कृष्ट

sahid pratima multipurpose best cooperative sahakari in nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङमा रहेको शहिद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी संस्थाको सम्मान दिएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश सहकारी सङ्घ लिमिटेड र जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटको आयोजनामा विदुर भएको एक दिवसीय अन्तरसम्वाद कार्यक्रम सहिद प्रतिमा स्मृति सहकारीलाई ‘उत्कृष्ट सहकारी संस्था’बाट सम्मान गरिएको जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिए ।

rewarded sahakari nuwakot
विधागत सम्मानित सहकारी संस्थाका प्रतिनिधिहरुको सामुहिक तस्विर

प्रारम्भिक सहकारी संस्था, जिल्ला सहकारी सङ्घ, विषयगत केन्दीय सङ्घ लगायतका जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै सहकारी अभियानमा अनवरत क्रियाशील रही कार्य गरेकोले नयाँ बस्ती कृषक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विवेक ढकाललाई ‘सहकारी अभियन्ता’बाट सम्मान गरिएको छ । ढकाल जिल्ला सहकारी संघ लिमिटेड लिखु गाउँपालिका समन्वय उपसमितिका अध्यक्ष तथा बिउबिजन, फलफुल तथा तरकारी केन्द्रिय संघका सञ्चालक समेत हुन् ।

यसैगरी विदुर नगरपालिका-४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव मिश्र ‘उत्कृष्ट सञ्चालक’, विदुर नपा-१ मा रहेको शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापाक सुनिल बज्राचार्य ‘उत्कृष्ट व्यवस्थापक र बाँडिचुडी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का विद्या पाण्डे बोगटी ‘उद्यमी महिला सहकारी’ बाट सम्मानित भएका छन् ।

यसवर्षको सहकारी छात्रवृत्ति च्वाडी पब्लिक माध्यमिक विद्यालय कक्षा १२ मा अध्यनरत छात्रा सुजिना डङ्गोललाई प्रदान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ