sujim advert

बेलकाेटगढीकाे प्रशासकीय भवन शिलान्यास

डबली खबर     चैत्र १९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

belakotgadhi municipality office building foundation stone
bidur tax consultancy services in nuwakot

नुवाकाेट । जिल्लाको बेलकाेटगढी नगरपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । नगरपालिकाको बाघखाेरमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच नगरप्रमुख जगतबहादुर गुरुङले शिलान्यास गरेका हुन् ।

पालिका बनेदेखि नै अस्थायी भवनमा बसेर सेवा दिँदै आएको पालिकाले अब भने प्रशासनिक भवन बनाउने भएको छ । पालिकाका अनुसार पार्किङसहितको ४ तलामा ३८ वटा कोठाको भवन १२ करोड ७४ लाख २७ हजार ८८ रुपैयाँ लागतमा निर्माण हुनेछ ।

भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अम्बे माँ, न्यू टेक र शुभलक्ष्मी जेभि काठमाडौंसँग गत मङ्सिर १३ गते ठेक्का सम्झौता गरिएको थियाे ।

भवन शिलान्यास गर्दै नगरप्रमुख गुरुङले भवन निर्माणपछि नगरपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।

नगरपालिकाका उपनगरप्रमुख शिवप्रसाद दाहालले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top