sujim bazar advert

नुवाकोटमा प्रदेशस्तरीय भलिबल, विजेतालाई ३ लाख

डबली खबर     चैत्र १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

bagamati province level volleyball competiion in samari myagang nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सामरी – “भलिबल खेलाडीहरुको पहिचान तथा प्रवर्द्धन, खेल खेलाडी र क्षमताको संरक्षण” नाराका साथ वैशाखमा नुवाकोटको सामरीमा बागमती प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । म्यागङ गाउँपालिकाको सामरीमा अर्कोवर्ष २०८१ को वैशाख ७ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

बिहिबार सामरीमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले प्रतियोगितामा बागमती प्रदेशका २५ भन्दा बढी पालिकाले भाग लिने अपेक्षा राखेको जानकारी दिए । ‘पत्राचार र आह्वान बागमतीका सबै जिल्लाका पालिकालाई गर्नेछौं । तर, त्यसमध्येबाट जिल्लाका सबै पालिकासहित कम्तीमा २५ टिम सहभागी हुने अपेक्षा राखेका छौं’, उनले भने ।

प्रतियोगिताले राष्ट्रको खेल क्षेत्रमा टेवा पुग्ने उनले बताए । ०७२ साल वैशाख १२ गतेको दिन पनि भलिबल प्रतियोगिता भईरहेको अवस्थामा महाभूकम्पबाट केहि आमनागरिकहरुको धनजनको क्षति हुनबाट जोगिएकोले प्रतियोगितालाई निरन्तता दिदैं आईरहेको उनले बताए । प्रतियोगिताभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको मुल्यदर कायम गरिने उनले छ ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । “प्रतियोगितामा राष्ट्रिय निर्णायक तथा व्यवसायिक खेलाडीहरुको सहभागिताले खेल र खेलाडीकोहरु मनोबल बढ्ने छ”, उनले भने “खेलाडीहरुको स्वास्थ्य सुरक्षा गरिएको छ भने होटलहरुको व्यवस्थामा सहजीकरण गरिनेछ ।”

प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ लाग्ने गाउँपालिका उपाध्यक्ष सिता तामाङले जानकारी दिईन् । खेल पर्यटन विकासले आन्तरिक पर्यटन तथा समग्र खेल र खेलाडीहरुको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताईन् ।

प्रतियोगितामा नौजना स्थानीय तहकै हुनु पर्नेछ । तीन जना खेलाडी व्यवसायिक राख्न सकिने प्रावधान रहेको जनाएको छ । प्रतियोगितामा दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top