sujim advert

नुवाकोटमा प्रदेशस्तरीय भलिबल, विजेतालाई ३ लाख

डबली खबर     चैत्र १५, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bagamati province level volleyball competiion in samari myagang nuwakot
bidur tax consultancy services in nuwakot

सामरी – “भलिबल खेलाडीहरुको पहिचान तथा प्रवर्द्धन, खेल खेलाडी र क्षमताको संरक्षण” नाराका साथ वैशाखमा नुवाकोटको सामरीमा बागमती प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । म्यागङ गाउँपालिकाको सामरीमा अर्कोवर्ष २०८१ को वैशाख ७ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

बिहिबार सामरीमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले प्रतियोगितामा बागमती प्रदेशका २५ भन्दा बढी पालिकाले भाग लिने अपेक्षा राखेको जानकारी दिए । ‘पत्राचार र आह्वान बागमतीका सबै जिल्लाका पालिकालाई गर्नेछौं । तर, त्यसमध्येबाट जिल्लाका सबै पालिकासहित कम्तीमा २५ टिम सहभागी हुने अपेक्षा राखेका छौं’, उनले भने ।

प्रतियोगिताले राष्ट्रको खेल क्षेत्रमा टेवा पुग्ने उनले बताए । ०७२ साल वैशाख १२ गतेको दिन पनि भलिबल प्रतियोगिता भईरहेको अवस्थामा महाभूकम्पबाट केहि आमनागरिकहरुको धनजनको क्षति हुनबाट जोगिएकोले प्रतियोगितालाई निरन्तता दिदैं आईरहेको उनले बताए । प्रतियोगिताभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको मुल्यदर कायम गरिने उनले छ ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । “प्रतियोगितामा राष्ट्रिय निर्णायक तथा व्यवसायिक खेलाडीहरुको सहभागिताले खेल र खेलाडीकोहरु मनोबल बढ्ने छ”, उनले भने “खेलाडीहरुको स्वास्थ्य सुरक्षा गरिएको छ भने होटलहरुको व्यवस्थामा सहजीकरण गरिनेछ ।”

प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ लाग्ने गाउँपालिका उपाध्यक्ष सिता तामाङले जानकारी दिईन् । खेल पर्यटन विकासले आन्तरिक पर्यटन तथा समग्र खेल र खेलाडीहरुको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताईन् ।

प्रतियोगितामा नौजना स्थानीय तहकै हुनु पर्नेछ । तीन जना खेलाडी व्यवसायिक राख्न सकिने प्रावधान रहेको जनाएको छ । प्रतियोगितामा दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top