sujim bazar advert

सम्पर्क समिति विस्तारमा तात्यो नेपाली काँग्रेस

डबली खबर     चैत्र १४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepali congress nuwakot meeting in Kathmandu
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पार्टीले गठन गरेको जिल्ला तथा पालिका सम्पर्क समिति गठन तथा बैठक कार्य सञ्चालन कार्यदिशा २०८० अनुसार कार्यक्रम गरिएको जनाएको छ ।

नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)ले कुनै एक जिल्लाबाट पठन, पाठन, नोकरी वा कुनै पनि कारणले राजधानी काठमाडौ, प्रदेश राजधानी वा अन्य कुनै स्थानमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका काँग्रेसका क्रियाशील सदस्यहरुले संगठिन हुन र पार्टीको जिल्ला संगठनसँग सम्पर्कमा रहन तथा राजनीतिक सम्बन्ध कायम गर्न जिल्ला सम्पर्क समिति गठन गर्न पाउने प्रावधान रहेको उल्लेख छ ।

विधानअनुसार जिल्ला सम्पर्क समिति गठन गर्न विधान र नियमावलीले बाटो खुला गरेतापनि कस्तो संरचना गठन हुने, सम्पर्क समिति कति हुने र सम्पर्क समिति अधिवेशनको सदस्य को-को हुने भन्ने विषयहरुमा स्पष्ट व्यवस्था छैन । त्यसैगरी, राजधानी काठमाडौंमा स्थानीयस्तर गाउँपालिका तथा नगरपालिकामा समेत सम्पर्क समितिहरु गठन भएका छन् ।

बैठकमा नेपाली काँग्रेस नुवाकोटका सहसचिव यादवप्रसाद नेपालले कार्यविधिको कार्यान्वयनले पार्टीलाई थप सहयोग मिल्न जाने कुरामा जोड दिए ।

नीतिगत तथा प्रक्रियागत अस्पष्टतालाई सम्बोधन हुने गरी काँग्रेसले जिल्ला सम्पर्क समिति गठन तथा बैठक कार्य सञ्चालन कार्यविधि २०८० तयार गरी लागु गर्नु आवश्यक देखिएकोले निर्णय समेत गरिसकेको नेपाली काँग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले जानकारी दिए । सम्पर्क समितिलाई कसरी नियमन गर्ने वा प्रक्रियामा लैजाने भन्ने नीतिगत व्यवस्थाको अभाव रहेको देखिन्छ ।

निर्माण भएको कार्यविधिलाई स्पष्ट पार्दै सचिव श्रेष्ठले सम्पर्क समितिको सदस्य बन्न विगत दुई वर्षदेखि जिल्लाभन्दा बाहिर बसोबास गरिरहेको पार्टीका सदस्यले जिल्ला सम्पर्क समितिको सदस्य हुन पाउने सचिव श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठले गाउँपालिका/नगरपालिका सम्पर्क समितिका सभापति र पदाधिकारीहरुमा उम्मेदवारी दिन पार्टीको क्रियाशील सदस्य र सदस्य पदका लागि कम्तिमा साधारण सदस्य हुनु पर्ने समेत बताए ।

कार्यक्रममा निवर्तमान सभापति जगदीश्वर नरसिंह के.सी., उपसभापति राजु थापा, सचिव बैकुण्ठ मिश्र, प्रवक्ता नारायणप्रसाद अधिकारी, महासमिति सदस्य डा. केदार नरसिंह के.सी., महाधिवेशन प्रतिनिधि कुमार गुरुङ, म्यागङ–काठमाडौं सम्पर्क समितिका सभापति डि.वि. गुरुङ, नुवाकोट-काठमाडौं सम्पर्क समितिका उपसचिव कर्णेल पूर्णलाल श्रेष्ठ (आ.प्रा.), प्रदेश उपसभापति प्रदिप सेंढाई, प्रदेश प्रतिनिधि इन्द्र लामा, जिल्ला सदस्य रामेश्वर अधिकारी, महिला संघका पूर्व अध्यक्ष विन्दा अर्याल, पूर्व जिल्ला सदस्य हिरा पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटकी निवर्तमान उपप्रमुख अप्सरा थापा, इन्जिनियर एसोसियसनका केन्द्रीय सदस्य सुदर्शन भण्डारी, जिल्ला सदस्य गणेश सिटौला लगायतले मन्तव्य राखेका थिए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top