sujim bazar advert

नुवाकोटमा ‘ग्लोबल मनि विक’

डबली खबर     चैत्र १३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

elite capital global money week in nuwakot bidur
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोटमा बैंक तथा वित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी वित्तीय साक्षरता अभियान मनाएको छ ।

शनिबार एलिट क्यापिटलले पनि विदुरमा लगानीकर्ता तथा युवाहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाल र अन्तर्राष्ट्रिय सेयर बजार, लगानी छनोट र विश्लेषण, स्टार्टअप र भेञ्चर क्यापिटललगायतका विषयमा खुला अन्तरक्रिया गरिएको क्यापिटलका अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार ‘ग्लोबल मनि विक २०२४’ लाई सफल बनाउने उद्धेश्यले कम्पनीले राष्ट्रिय वाणिज्य बैंक र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले जानकारी दिए ।

बैंकले क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षकको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले बताए ।

कार्यक्रमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरू जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नुवाकोट शाखाकी प्रबन्धक रिमा श्रेष्ठले जानकारी दिईन् ।

यसैगरी प्रभु बैंकले पनि बट्टारमा रहेको आफ्नो कार्यालय अगाडी प्लेकार्डसहित जनाचेनामुलक कार्यक्रम गरेको थियो । कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो ।

चैत्र ६ गतेदेखि ११ गतेसम्म “ग्लोबल मनि विक २०२४ प्रोटेक्ट योर मनि, सेक्योर योर मनि” भन्ने मुलनाराका साथ बैंक तथा वित्तीय संस्थाहरुले देशभर केन्द्रीय कार्यालय र शाखा कार्यालयबाट सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको थियो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ जनचेतना सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top