+
Search

ताजा अपडेट +

पपुलर +

हरित ऊर्जामा लघु वित्तचित्र बनाउँदा ४४ हजार नगद जित्ने मौका

Independent Power Producers’ Association, Nepal IPPAN
डबली खबर
२ साल अगाडी

नुवाकोट – समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउने लघु वित्तचित्र बनाउँदा ४४ हजार नगद पुरस्कार जित्न सकिने भएको छ ।

समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित आउँदो वैशाख १२ गतेदेखि १४ गतेसम्म आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२४ ले हरित उर्जाको महत्त्वको विषयमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले लघु वित्तचित्र प्रतियोगिता आयोजना गरिदैंछ ।

लघुवित्त चित्र बनाउँदा ९० सेकेण्डको भिडिओमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ । उक्त भिडियोहरु आयोजक संस्था इप्पान, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसन, हिमालयन हाइड्रो एक्स्पो तथा वेबसाइट र आधिकारिक सामाजिक सञ्जालहरु लगायतमा राखिने छ ।

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय नगद पुरस्कार दिइने छ । प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । भिडिओ पठाउने अन्तिम मिति २७ चैत रहेको छ भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिने जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा गोष्ठी सञ्चालन हुनेछन् । ५० हजारभन्दा धेरै अवलोकनकर्ताले ‘एक्स्पो’ अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ