२०८१, १३ बैशाख बिहीबार

होलीमा रथयात्रा

डबली खबर     चैत्र १२ २०८० १५:३८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको लक्ष्मीनारायणको वार्षिकोत्सवको अवसरमा विदुरबासीले रथयात्रा गरी होली मनाएको छ ।

फागुपूर्णिमाको अवसरमा धार्मिक अनुष्ठान गरी पञ्चेबाजासहित सांसद अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, स्थानीयसहित रथयात्रामा सरिक भएका थिए । उक्त रथलाई सदरमुकाम विदुर क्षेत्रका सबै स्थान परिक्रममा गरेका थिए ।

मन्दिर संरक्षण समितिका अध्यक्ष मनोरथ श्रेष्ठले मन्दिरमा कर्ताको रुपमा ब्रम्हाणसहित होम तथा पूजा गरी सकेपछि रथयात्रा थालिएको थियो ।

प्रत्येक वर्ष फागुपूर्णिमाको दिन लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव, महास्नान र रथयात्रा कार्यक्रम गर्दै आएको समितिका सचिव नवराज पाण्डेले जानकारी दिए । श्रद्धालुभक्तजनले रथ तथा मन्दिरमा पूजाआजा गर्न भीड लागेको थियो ।

रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा अगुवाइ गरेका स्थानीय विदुर सिटी युवा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top