+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘मेरो मुस्कान’ सार्वजनिक

‘मेरो मुस्कान’ सार्वजनिक
डबली खबर
२ साल अगाडी

नुवाकोट – साहित्यकार सञ्जु अधिकारीको ‘मेरो मुस्कान’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

चर्चित गायक डेभिड शङ्कर र गायिका अस्मिता अधिकारीले स्वर दिएको गीतमा माया पिरतीका गाथा गाईएको छ ।

आलोकश्रीको सङ्गीत संयोजन रहेको गीत गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट तथा परामर्श समेत रहेकी अधिकारीको ‘मन’ र ‘इन्द्रेणी स्पर्श’ पुस्तक बजारमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ