sujim advert

सुरक्षित खानेपानीको लागि समवेल आयोजना, १० करोड ३३ लाखमा नयाँ खानेपानी योजना सुरु

डबली खबर     चैत्र ८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

sanjiv bahadur shrestha chairman of bidur drinking water and sanitation
bidur tax consultancy services in nuwakot

नुवाकोट – वर्षौंदेखि वर्षायाममा खानेपानीको समस्या झेल्दै आएका विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विस्तारित खानेपानीको आयोजना सुरु गरेको छ । सिएबि निर्माण नामक संस्थाले वर्ष दिनभित्रमा १० करोड ३३ लाख लागतमा आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ ।

बुधबार विदुर नगरपालिका वडा नम्बर २ शेरास्थित तादी खोलाको किनारमा निर्माण हुन गइरहेको समवेल प्रविधिबाट खानेपानी सञ्चालन गर्न लागिएको देशभरकै पहिलो ठुलो मात्राको स्तरोन्नति आयोजना सम्बन्धी विस्तृत प्रस्तुतिकरण कार्यक्रम समेत गरेको थियो ।

खानेपानीको स्रोतदेखि उपभोक्तासम्म खानेपानीको सुरक्षालाई सुनिश्चित गर्न थप विस्तारित योजना सुरु गरिएको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए । यस आयोजनाबाट विदुर नगरपालिकाका क्षेत्रमा विस्तार भएका संस्थाका उपभोक्ताहरुलाई निरन्तर शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

“वर्षायाममा फलाखु खोलाको मुहानमा बाढी र पहिरोको क्षतिबाट अवरुद्ध हुने समयमा दश मिनेटमा तादी खोलाको किनारमा निर्माण हुने समवेल प्रविधिबाट निर्माण हुने छ”, अध्यक्ष श्रेष्ठले भने “आयोजना निर्माण सफल भएपछि पिपलटार क्षेत्रका उपभोक्ताहरुले झेल्दै आईरहेको धमिलो खानेपानीको समस्याबाट मुक्त हुनेछ ।”

“बर्षायाममा फलाखु खोलाको मुहानमा बाढी र पहिरोको क्षतिबाट खानेपानी अवरुद्ध हुने समयमा १० मिनेटमै तादी खोलाको पानी बट्टार र विदुरमा रहेको ट्यांकीमा खानेपानी आपूर्ति भई ३६५ दिनै वितरण गर्न सकिने छ । साथै वडा नम्बर ९ को प्लाष्टर क्षेत्रमा पनि खानेपानी उपलब्ध गराउन सकिन्छ ।”

विवादरहित ढङ्गले गुणस्तरीय तरिकाले निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुले बर्षभरी नियमित रुपमा खानेपानी उपभोग गर्न सकिने भएकोले निर्माण कार्यमा सहजीकरण गर्न अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् । असारदेखि असोज महिनासम्ममा विदुरबासीको खानेपानी असुरक्षित हुँदै आएको खानेपानी वितरणलाई यस आयोजनाले वर्षायाममा खानेपानी सुनिश्चित गर्ने उनले बताए ।

संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले खानेपानी आयोजनामा नयाँ नभई आयोजनाको विस्तारित भएकोले भ्रममा नपर्न सरोकारवाला र उपभोक्तासमक्ष अनुरोध गरेका छन् । आयोजनाको निर्माण अर्को सातादेखि सुरु हुने प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

आयोजनाअन्तर्गत दुई सय र तीन सय घनमिटरको ट्यांकी निर्माण गरिने छ भने एक ट्यांकी फिल्टर प्रविधि माध्यमबाट पिपलटार क्षेत्रमा खानेपानी वितरण गरिने छ। तादी खोलादेखि बट्टारमा रहेको ट्यांकीसम्म ११ किलोमिटर ८४ मिटरको पाइपलाइन बिछ्याइने उल्लेख छ ।

२०५३ सालमा स्थापना भएको संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ नम्बरको सातै वटा वडाको चार हजार ५०० घरधुरीका २५ हजार जनसंख्यालाई खानेपानी सेवा पुर्याउँदै आईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top