नुवाकोट – विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आईरहेको खानेपानी वितरण ६० दिनपछि दशैंको घटस्थापनासँगै खानेपानी पनि भित्रिएको छ । ।
गत साउन २७ र २८ गतेको बाढी र भदौ २३ गतेको सुख्खा पहिरोको कारण अनिश्चित समयको लागि अवरूद्व भएको फलाखु खोला मुहानको खानेपानी वितरण सेवा बन्द भएको थियो ।
संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठका अनुसार सञ्चालन गर्न जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संस्थाका पदाधिकारी, प्राविधिक कर्मचारी तथा सहयोगीको अनवरत प्रयासको फलस्वरूप हिजो आईतबार विदुर र बट्टारको टयाङ्कीमा खानेपानी ल्याउन सफल हो ।
दक्षिण एसियाकै नमुना खानेपानी आयोजना खानेपानीको आपूर्ति बन्द हुदाँ विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ता चारहजार भन्दाबढी घरधुरी प्रभावित भएका थिए ।
नियमित रुपमा खानेपानी अवरुद्ध हुदाँ संस्थाले वैकल्पिक रूपमा सिँचाई र ढुंगेबाट डिप बोरिङमार्फत उपभोक्तालाई तालिकाअनुसार खानेपानी वितरण गरेको थियो ।
प्रतिक्रिया