sujim advert

विदुर १, ५ र १२ मा अमात्य, गजुरेल र भट्ट

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur cpnuml ward member
bidur tax consultancy services in nuwakot

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तय गरेको जारी वडा अधिवेशन विदुर नगरपालिकाका तीन वडाहरुमा अधिवेशन सम्पन्न भएको छ ।

तीनै वडाको दोश्रो अधिवेशनबाट वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु सर्वसम्मत चयन भएका नगर कमिटी अध्यक्ष नविन प्रधानले जानकारी दिए ।

शनिबार भएको अधिवेशनबाट विदुर नपा १ वडा कमिटीको अध्यक्षमा नरेन्द्र अमात्यलाई चयन गरिएको छ । अमात्यको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायण बोगटी, सचिवमा राजकुमार नापित, उपसचिवमा कमला कुँवर र प्रविण श्रेष्ठ चयन भएका छन् ।

विदुर नपा-५ को वडा कमिटीको अध्यक्षमा राजाराम गजुरेललाई चयन गरिएको छ । अमात्यको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

यस्तै, विदुर नपा-१२ को वडा कमिटीको अध्यक्षमा चिरञ्जीवी भट्टलाई चयन गरिएको छ । अमात्यको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको नगरअध्यक्ष प्रधानले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top