sujim bazar advert

पर्यटकीय राजधानी सहरदेखि टिमुरेसम्म बस सेवा पुन:सुरु

डबली खबर     चैत्र २, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

timure pokhara route lhamu bus service
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – टिमुरे बस तथा मिनिबस यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले संयुक्तरुपमा बिहिबारदेखि पोखरादेखि रसुवाको टिमुरेसम्म बस सेवा पुन:सुरु गरेको छ ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने पूर्वसन्ध्यामा यातायात कम्पनीले पर्यटकको सहजता लागि बस सेवा सञ्चालनमा ल्याएको टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरी सेवा सुचारु गरिएको उनले बताए ।

पोखराबाट दैनिक बिहान ७ बजेर १५ मिनेटमा रसुवा जिल्लाको टिमुरेको लागि बस छुट्ने र टिमुरेबाट बिहान दैनिक ७ बजे पोखराको लागि बस छुट्ने जनाइएको छ ।

पोखरा-टिमुरेको भाडादर एक हजार २८५ रुपैयाँ तोकिएको छ ।

कोभिड-१९ का कारण उक्त सेवा पूर्ण रुपमा बन्द भएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top