+
Search

ताजा अपडेट +

पपुलर +

स्कुटर दुर्घटना

motorcycle accidents caution dabali khabar picture
डबली खबर
२ साल अगाडी

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोटमा स्कुटर दुर्घटना हुदाँ एक जना घाईते भएको छ ।

शुक्रबार दिउँसो त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा.४२प ३५३८ नम्बर को स्कुटर दुर्घटना भएको गुर्जे प्रहरी पोस्टका प्रमुख शिवनारायण चौधरीले जानकारी दिए ।

दुर्घटनामा विदुर नगरपालिका वडा नम्बर ८ का रत्नबहादुर न्यौपाने घाइते भएको उनले जानकारी दिए । स्कुटर सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।

स्कुटर पूर्णरुपमा क्षति भएको र घाइते चालकको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ