sujim advert

पूर्वप्रहरीले बुझाए महानिरीक्षकलाई ज्ञापनपत्र

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

The ex-police officer submitted a memorandum to the Inspector General saying that he had done injustice
bidur tax consultancy services in nuwakot

विदुर – नेपाल पूर्वप्रहरी संगठन नुवाकोटले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

आज (बुधबार) संगठनका जिल्ला अध्यक्ष होमबहादुर तामाङले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेकोमा जिल्ला प्रहरी कार्यालयका प्रमुख सञ्जयसिंह थापामार्फत् प्रहरी महानिरीक्षकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

“मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरू लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमविक्रम राणालाई अदालतबाटै कल्याण कोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ’– पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूल धनबाटै जथाभावी र बदनियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निष्कर्ष छ ।

नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरूका लागि थोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको उल्लेख छ । पूर्व प्रहरीहरू ४५ हजार पेन्सन पाएका अन्य करिब २० हजार पूर्व प्रहरीहरूले २ करोड मात्रै दिएको छ।

पटक–पटक पूर्वप्रहरीहरूको हकमा कल्याण कोषबाट न्यायोचित वितरण गरियोस् भनी प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्दा पनि मागहरू सम्बोधन नभएको संगठन अध्यक्ष तामाङले बताए ।

आफूहरूले आजकै मिति बाट “प्रहरी कल्याण कोषको न्यायोचित वितरण गर’’ भन्ने नारासहित देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाएको अध्यक्ष तामाङले बताए । पूर्व प्रहरी संगठनले देशका सबै जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी महानिरीक्षकलाई ६ बुँदे माग पेश गरेको उनले बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top