२०८१, १९ बैशाख बुधबार

बेलकोट भञ्याङ माविको स्वर्ण जयन्ती

डबली खबर     फाल्गुन २० २०८० ११:१४

ex finance miister dr prakash sharan mahat
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बेलकोटगढी नगरपालिका–१ सेरामा रहेको बेलकोट भञ्याङ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताए । अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् । आर्थिक वृद्धि गर्ने पालो आएको हुनाले देशप्रति गौरव गर्नुपर्ने र आत्मविश्वास जगाउनुपर्ने अर्थमन्त्री डा. महतले बताए ।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनाशकारी भूकम्प, कोरोनालगायतका कारणले पछि परेको देशको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु भएको छ । आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको अर्थमन्त्री डा. महतले बताए ।

कार्यक्रममा विद्यालयले आफ्नो स्थापना वर्षको ५०औं वर्षको अवसरमा प्रकाशन गरेको स्मारिकाको विमोचन अर्थमन्त्री डा. महतले गरेका छन् ।

कार्यक्रममा भूतपूर्व शिक्षक, विद्यार्थी तथा विद्यालयको विकास सहयोग पुर्याउने दाताहरुलाई सम्मान समेत गरिएको स्वर्णमहोत्सव समारोह संयोजक नारायणप्रसाद खनालले जानकारी दिए । विज्ञान प्रदर्शनी, खेलकुदलगायतका सांस्कृतिक समारोहको प्रमुख आकर्षण रहेको थियो ।

वि.सं. २०३० सालमा स्थापना भएको विद्यालयबाट करिब पाँच सय जना विद्यार्थीलाई उत्तीर्ण गर्न सफल भइसकेको छ भने ०७३ देखि कक्षा १२ सम्म सञ्चालनमा छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top