World Tuberculosis Day 2025
sujim advert

विदुरबासीले गरे संसारी पुजा

डबली खबर     फाल्गुन १९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – प्रकृतिको पुजा गरी विदुरबासीले संसारी पुजा गरी मनाएका छन् ।

रोगव्याधि नलागोस्, बालिनाली सप्रिउन, पानी परुन् भनी संसारी पुजा गरिदैं आएको स्थानीय दिनेशकुमार श्रेष्ठले बताए । पुजामा विदुरका करिब ६० परिवारहरुको सहभागिता रहेको उनले जानकारी दिए ।

संसारी पूजामा सामूहिक रुपमा पूजा गर्ने, पाठीको बली चढाई प्रसाद ग्रहण गर्ने प्रचलन अहिले पनि छ । बली चढाउनका लागि पाठीको जोहो गरिन्छ । पूजापछि सामुदायिक भोजको व्यवस्था हुन्छ । सबै क्षेत्रका मानिसहरु मिलेर खाना पकाएर खाने गर्छन् ।

आजका पुस्ताका समुदायले अझै पनि संसारी पूजा मनाउने भएतापनि सिमित परिवारले मात्र मनाउने गरेको छ । पुजा अहिले वनभोजको रुपमा विकास हुदै गईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top