औषधी व्यवसायी अध्यक्षमा श्रेष्ठ

डबली खबर     फाल्गुन १८ २०८० १८:५०

social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – नेपाल औषधी व्यवसायी संघ नुवाकोट जिल्ला शाखाको अध्यक्षमा टलकमान श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।

शाखाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रविदास श्रेष्ठ, उपाध्यक्षमा प्रेमकुमार सापकोटा (खुद्रा) र हरिराम सापकोटा (थोक), महासचिवमा भिमबहादुर रोक्का, कोषाध्यक्षमा राजु अमात्य, सचिवमा रामराजा भण्डारी र सहकोषाध्यक्षमा जितेन्द्रकुमार राजभण्डारी छन् ।

यस्तै, सदस्यहरुमा राजकुमार थापा, अनुप श्रेष्ठ र प्रतिभा गोले सर्वसम्मत भए ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन संयोजक मोहनबहादुर खड्का र नेपाल औषधी व्यवसायी संघ बागमती प्रदेश समितिका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top