sujim bazar advert

“ज्याजती भएको छैन”: प्रहरी

डबली खबर     फाल्गुन १४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य विनोद चित्रकारले आफुमाथि ज्यजादी भएको आरोप प्रहरीलाई लगाएको छ । सोमबार आफुमाथि भएको घटनाको तथ्य जानकारी दिन दम्कीमा आयोजित पत्रकार सम्मेलनमा वडासदस्य चित्रकारले उक्त आरोप लगाएको हो ।

वडाबासीको न्यायिकको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगेका चित्रकारलाई प्रहरी प्रमुख सञ्जयसिंह थापाले हातपात र गालीगलौज गरेको बताईएको छ ।

“वडाबासी साइबर अपराधको घटनालाई लिएर एसपि सरलाई पूर्व जानकारी गराएर प्रहरी कार्यालय पुगेको थिएँ”, उनले भने “कार्यालय परिसरमा पिडितसँग कुराकानी भइरहेको रहेको थियो, उहाँले एक्कासी मेरो च्यापु तानी गालीगलौज गर्नुभयो ।”

पिडित महिलालाई केश मिलान गर्न र प्रहरीलाई नै कार्य सम्पादनको लागि निर्देशन दिने कार्य वडा सदस्य चित्रकारबाट हुदाँ ठुलो स्वरले सम्झाएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top