+
Search

ताजा अपडेट +

पपुलर +

महोत्सवमा ट्राफिक सप्ताह

डबली खबर
२ साल अगाडी

विदुर – आमनागरिकमा ट्राफिक चेतनाको स्तर जागरित गर्न आठौं नुवाकोट महोत्सवमा प्रदेशस्तरीय ट्राफिक सप्ताह सञ्चालन भईरहेको छ ।

माघ २६ गतेदेखि सुरु भएको महोत्सवमा जिल्ला ट्राफिक कार्यालय नुवाकोटले स्टल नम्बर २२२ बाट सवारी दुर्घटना र त्यसवाट हुने धनजनको क्षतिलाई न्यूनीकरण उदेश्यका ट्राफिक सप्ताह सञ्चालन गरिएको हो ।

स्टलमा ट्राफिक नियमको पालना र उल्लङ्घनसम्बन्धी फोटो प्रर्दशनी समेत रहेको छ ।

ट्राफिक सचेतनामूलक गीतद्वारा जानकारी र पर्चा पम्प्लेट समेत वितरण गरिएको प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।

सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन नागरिकको जिउ धनको सुरक्षासँग जोडिएको गम्भीर र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ