sujim bazar advert

गुटउपगुटको अन्त्यमा जोड

डबली खबर     माघ २१, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepali congress nuwakot organized virtual meeting
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नेपाली काँग्रेस नुवाकोटले आज आइतबार अनलाइन विचार विमर्श गरेको छ ।

समुदायमा काँग्रेस अभियान अन्तर्गत पाटीको काँग्रेस संगठन विभागले आयोजना गरेको नेपाली काँग्रेसको आगामी कार्यदिशा विषयमा अनलाइनमा सक्रिय नेता तथा कार्यकर्ताहरुबीच छलफल भएको पार्टी सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला पार्टीका कोषाध्यक्ष प्रल्हाद पन्त, किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष तथा बागमती प्रदेश सदस्य छत्रबहादुर लामा, म्यागङ गाउँपालिकाका पूर्व उपाध्यक्ष शान्ति लामा, महासमिति सदस्य द्वय रुक्मणि सेढाईं र गीता अमात्य, महाधिवेशन प्रतिनिधि द्वय भवानी देवकोटा र पवित्रा पुडासैनीले पार्टीभित्र देखिएको गुटउपगुटको राजनीतिलाई अन्त्य गरेर जनताप्रति उत्तरदायी भएर कामगर्नु पर्ने धारणा राखेका थिए ।

पार्टी संगठन र राज्यको कुनै पनि पदमा दुई कार्यकालभन्दा बढी संलग्न हुन नपाउने, लामो समयसम्म योगदान, समर्पण, दृष्टि, क्षमता र जनाआधारको मापदण्ड हेरेर नेतृत्व दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वसचिव सरोज केसी, वडा सभापति उमंग शाक्य, क्षेत्रीय प्रतिनिधि राजकुमार आचार्य र वडासचिव चन्द्रलाल तामाङले आआफ्नो धारणा राखेका थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top