काठमाडौं – कम्युटर एशोसिएसन नेपाल (क्यान)को आयोजनामा २९औँ क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरु हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी क्यानले मेलाबारे जानकारी गराएको हो । मेला माघ २५ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
मेलाको टिकेट इसेवामार्फत काट्ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि रु.१०० र विद्यार्थीका लागि रू.५० रुपैयाँ शुल्क तोकिएको छ ।
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया