sujim bazar advert

दुई पत्रकार पुरस्कृत

डबली खबर     माघ ६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – हरेक वर्ष प्रदान गरिने गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट यसवर्ष ‘योहो’ टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी र ‘त्रिशूली प्रवाह’ साप्ताहिकका सम्पादक शरणउत्सुक सापकोटा पुरस्कृत एवम् सम्मानित भएका छन् ।

आज सुइरेचौरमा संस्थाको आयोजनामा भएको पुरस्कार एवम् सम्मान समारोहमा पत्रकार द्वयलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद पुरस्कार एवम् सम्मानपत्र प्रदान गरेका थिए । गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट भण्डारीलाई रु २५ हजार नगद राशीसहित सम्मान गरिएको हो । गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मानित सापकोटालाई रु १५ हजार नगद राशीसहित सम्मानित गरेको हो ।

पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्याएको भन्दै गोविन्द वियोगी पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित गरिएको संस्थाका महासचिव श्याम डोटेल जानकारी दिए । 

पुरस्कार एवम् सम्मान समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले पत्रकारिता क्षेत्रमा वियोगीको योगदानलाई स्मरण गर्दै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवनको व्यवस्थापनका लागि आगामी वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सीप एवं क्षमता अभिवृद्धि, पारिश्रमिक वृद्धि र विज्ञापनसम्बन्धी कठिनाइको गाँठो फुकाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारको पारिश्रमिक वृद्धिका लागि आवश्यक पहल गरिरहेको भइरहेको जानकारी दिईन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top