+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकामा छायांकन गरिएको ‘अब अर्को जुनीमा’ सार्वजनिक

डबली खबर
२ साल अगाडी

काठमाडौँ – नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ ।

गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका छन् । गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । गीतले प्रेमचित्रण दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ ।

आज काठमाडौँमा एक कार्यक्रमकाबीच गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडिओमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् ।

नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।

भिडिओमा शृङ्गार समिता श्रेष्ठ, रङ्ग राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गिएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ