sujim advert

स्वास्थ्यमा लगानी गर्दै सहकारी सङ्घ

डबली खबर     पुस २६, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

ढुंगे – जिल्ला सहकारी सङ्घ नुवाकोटले स्वास्थ्य सेवा सहकारीको निमित्त स्वास्थ्य क्षेत्रमा लगानी गर्ने प्रस्ताव पेश भएको छ । सहकारी संस्था ऐन, २०१६ अन्तर्गत वि.सं. २०२१ मा साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड स्थापना गरेको थियो ।

बुधबार आयोजित सङ्घको ३१औं वार्षिक साधारणसभामा सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नुवाकोट स्टार अस्पतालमा शेयर खरिद र सदस्य संस्थाका शेयरधनीहरुको स्वास्थ्य उपचारमा समेत प्रदान गरिने जानकारी दिए । प्रस्तावित कार्यक्रम सङ्घको अर्को बैठकको निर्यणले गर्ने जनाएको छ ।

साधारणसभामा अस्पतालका अध्यक्ष किशोर महर्जन र विनोद श्रेष्ठले समुदायसँगको सम्बन्ध स्थापनामा सहकारी र स्वास्थ्य उपचारमा अस्पतालको अग्रणी भूमिकाबारे प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यमा भएको थियो ।

चालुआर्थिक वर्षमा जिल्लाका सहकारीहरुको गतिविधिलाई साझा गर्न सङ्घले आफ्नो स्वामित्वमा रहेको अर्थवित्त मासिक पुन:प्रकाशनमा ल्याउने भएको छ । साथै सहकारीहरुको वित्तीय तथा तथ्यांकीय विवरण प्रकाशन गर्ने छ ।

सङ्घले व्यवसायिक घर भवनबाट भाडामार्फत मासिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको छ भने सोहि बराबरको भवन निर्माणको १० वर्षे कर्जा चुक्ता रकम तिर्दै आईरहेको छ ।

प्रतिवेदनअनुसार गतवर्ष २०७९/८० अवधिभित्र सङ्घमा २९२ सदस्य सहकारी संस्था रहेको छ । सङ्घको व्यवसायिक भवनबाहेक सम्पत्ति ९ करोड ८ लाख ३१ हजार ८७३ रुपैयाँ रहेको छ ।

सङ्घले नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहमा समन्वय उपसमिति गठन गरिसकेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top