२०८०, १७ फाल्गुन बिहीबार
social securities awareness bidur municipality

विद्यार्थीको बीमा गर्दै प्याब्सन

डबली खबर     पुष २४ २०८० २०:५९

17th assembly of pabson nuwakot in panchakanya nuwakot
pratik book and stationery center in nuwakot

घ्याङस्वारा – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको १७औं साधारणसभा मङ्गलबार सम्पन्न भएको छ ।

प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा भएको साधारणसभामा प्याब्सन नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

पञ्चकन्या गाउँपालिकाको पर्यटकीयस्थल सहिदपार्क घ्याङस्वारामा भएको साधारणसभाले सदस्य विद्यालयमा विद्यार्थीहरुका लागि बीमा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको प्याब्सन नुवाकोटका सचिव पुरुषाेत्तम अधिकारीले जानकारी दिए। सुरक्षित विद्यालय र विद्यार्थी अवधारणा अन्तर्गत उक्त बीमा कार्यक्रम पारित गरिएको उनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, प्याब्सन केन्द्रीय सदस्य नारायण भण्डारी र प्याब्सन नुवाकोटका वरिष्ठ सल्लाहकार ठाकुर पुडासैनीले निजी विद्यालयले शैक्षिक गुणस्तरमा लिएको उचाइलाई कायम राख्न, सामाजिक क्षेत्रमा अब्बल स्थापित गर्न र समयसापेक्ष शैक्षिक सुधारका कार्यक्रम लागु गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top