+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हरायो: निर्देशक श्रेष्ठ

nepali film director deepak shrestha
डबली खबर
२ साल अगाडी

निर्देशक दीपक श्रेष्ठले आफ्नो २७औँ निर्देशकीय चलचित्र ‘पर्खि बसें तिमीलाई’ मा नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति गुनासो गरेका छन् । चलचित्रको घोषणा कार्यक्रममा निर्देशक श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

‘मैले अधिकांश चलचित्रमा कुनै नकुनै रुपमा नयाँलाई अगाडि ल्याएको छु, अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ । तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रैछ’, उनले भने । उनले सिनेमा हलदेखि मिडियासम्मको सहयोग नपाएकोमा गुनासो गरेका हुन् ।

उनले दुवै स्थानमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने नीतिको कमि रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘नयाँ कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? म फिल्मकर्मी भएकाले नयाँलाई अवसर दिए तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, उनले प्रश्न गरे । उनले नयाँलाई अवसर नदिएको वा नपाएको गुनासो धेरै सुनिने भएता प्रोत्साहन दिनेको निकै कमि रहेको भन्दै गुनासो गरेकाछन् ।

माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुने चलचित्र प्रेम कथामा आधारित छ । यद्यपि यसले युवापुस्तालाई स्वभाविमानी बनाउनुका साथै प्रेममा आउने उतारचढाव र परिवारको दायित्वलाई देखाउने उनले बताए ।

नाट्यक्षेत्रमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी मुख्य भूमिकामा छन् । उनीहरूको जोडीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ