sujim advert

नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हरायो: निर्देशक श्रेष्ठ

डबली खबर     पुस २४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

nepali film director deepak shrestha
bidur tax consultancy services in nuwakot

निर्देशक दीपक श्रेष्ठले आफ्नो २७औँ निर्देशकीय चलचित्र ‘पर्खि बसें तिमीलाई’ मा नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति गुनासो गरेका छन् । चलचित्रको घोषणा कार्यक्रममा निर्देशक श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

‘मैले अधिकांश चलचित्रमा कुनै नकुनै रुपमा नयाँलाई अगाडि ल्याएको छु, अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ । तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रैछ’, उनले भने । उनले सिनेमा हलदेखि मिडियासम्मको सहयोग नपाएकोमा गुनासो गरेका हुन् ।

उनले दुवै स्थानमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने नीतिको कमि रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘नयाँ कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? म फिल्मकर्मी भएकाले नयाँलाई अवसर दिए तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, उनले प्रश्न गरे । उनले नयाँलाई अवसर नदिएको वा नपाएको गुनासो धेरै सुनिने भएता प्रोत्साहन दिनेको निकै कमि रहेको भन्दै गुनासो गरेकाछन् ।

माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुने चलचित्र प्रेम कथामा आधारित छ । यद्यपि यसले युवापुस्तालाई स्वभाविमानी बनाउनुका साथै प्रेममा आउने उतारचढाव र परिवारको दायित्वलाई देखाउने उनले बताए ।

नाट्यक्षेत्रमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी मुख्य भूमिकामा छन् । उनीहरूको जोडीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top